logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रमुख दलहरुको संयुक्त सरकार बनाउँ : डा बाबुराम भट्टराई

    प्रमुख दलहरुको संयुक्त सरकार बनाउँ : डा बाबुराम भट्टराई

    1.4K
    Shares
    प्रमुख दलहरुको संयुक्त सरकार बनाउँ : डा बाबुराम भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले संसद्‌को यस कार्यकालसम्म प्रमुख दलहरुको संयुक्त सरकार बनाउन प्रस्ताव अघि सारेका छन् । पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुको सट्टा यस्तो गर्दा उपयुक्त हुने उनको दाबी छ ।

    उनको प्रस्ताव छ, ‘यो संसद्‌को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालीक मुद्दाहरूको सम्वोधन गर्दा ठिक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ !’

    यसो गर्दा भौतिक, सामाजिक, आर्थिक र पूर्वाधार विकासको सन्तुलनबाट दिगो विकासको लक्ष्य प्राप्त हुने भट्टराईको भनाइ छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend