logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री

    सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री

    1.2K
    Shares
    सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सीमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताएका छन् ।
    शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन् ।

    उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रिय हीतको रक्षाको लागि पनि सरकार सम्वेदनशील र प्रयत्नशील रहेको बताए ।

    उनले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताए । त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उहाँले उल्लेख गरे ।

    उनले भने, ‘नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सिमानाको सुरक्षा, राष्ट्रिय एकता लगायत राष्ट्रिय हीतको रक्षाको लागि सरकार सम्वेदनशील र निरन्तर प्रयत्नशील रहेको जानकारी म गराउन चाहन्छु । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने र बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ । र सोही बमोजिम स्रोत, साधन र जनशक्तिको व्यवस्था पनि गरिएको छ । हालसम्म स्थापना भएका २५० बोर्डर आउटपोष्टहरु मध्ये १२८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९/८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् । र यो विषयमा सरकार गम्भिर रहेको छ । यसमा राष्ट्रिय एकता हाम्रो पहिले नै बोर्डरको विषयमा, नेपालको राष्ट्रिय स्वतन्त्रताको विषय, सार्वभौमसत्ताको विषय, भौगोलिक अखण्डताको विषय र सीमानाको सुरक्षाको विषयमा एउटा वृहत्तर राष्ट्रिय एकता नेपालमा भएको कुरा सम्मानीत सदनमा नै धेरैचोटी प्रमाणित भएको तथ्य म स्पष्ट गर्न चाहन्छु ।’

    प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमै १० वटा बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend