logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

    कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

    1K
    Shares
    कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरुको प्रतिबिम्व भएको बताएका छन् । शुक्रवारबाट काठमाडौंमा नेपालस्थित बंगलादेशी दुतावासले शुरु गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताए । उनले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्ने बताए । उनले कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताए ।

    उनले भने, ‘कला वास्तवमा जीवनको विभिन्न आयामहरुको प्रतिविम्व हो । यसले हाम्रो परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्छ । यसले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्छ । यसको आफ्नै महत्व छ । जीवनको अभिन्न पक्ष हो कला ।’

    मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ । मेलामा नेपाल र बंगलादेशबीचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरु प्रदर्शन गरिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend