logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी उजुरी

    बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी उजुरी

    1.1K
    Shares
    बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी उजुरी

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा जाहेरी परेको छ ।

    अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन दर्ता गरिएकी हुन् ।

    उनले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अगाडि बढाएमा मात्रै त्यसले मुद्दाको रुप धारण गर्नेछ ।

    केही दिनअघि मेयर शाहले भारतीय फिल्मलाई नेपाली हलमा नचाउन दिने आफ्नो निर्णयका विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचनात्मक अभिव्यक्ति दिएका थिए ।

    आदालतले दिएको कुनै पनि आदेश नमान्ने बताउँदै उनले अदालत नै भारतबाट प्रचालित भएको आरोप लगाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend