logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्से परिसूचक ६२.२१ अंकले वृद्धि

    नेप्से परिसूचक ६२.२१ अंकले वृद्धि

    1.4K
    Shares
    नेप्से परिसूचक ६२.२१ अंकले वृद्धि

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आईतवार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो ।

    त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंकले बढेको छ । नेप्से ६२ अंकले बढेसँगै नेप्से परिसूचक २१ सय बिन्दुमाथि पुगेको छ ।

    आईतवार कारोबारमा आएका २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । सो कारोबार पछिल्लो ६ महिनाको सबैभन्दा धेरै हो । गत पुस २६ गते नेप्सेमा ७ अर्ब ४० करोडको कारोबार भएको थियो । गत विहीवार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । विहीवारको तुलनामा आईतवार दोब्बरले कारोकार रकममा वृद्धि भएको छ ।

    आईतवारको कारोबारमा नेप्सेका १३ उपसमूहको परिसूचक हरियाली भएको छ । जसमा सबैभन्दा बढी जीवन बीमा उपसमूहको परिसूचक ७.७९ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।

    नेप्से परिसूचक ६२.२१ अंकले बढेसँगै ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबि ५०, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल र शिवम् सिमेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    त्यस्तै, हिमालयन उर्जा, नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता शुभम पावरको शेयरमूल्य ६.८१ प्रतिशत घटेको छ । आईतवार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend