logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछः मन्त्री ज्वाला

    आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछः मन्त्री ज्वाला

    1.2K
    Shares
    आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछः मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रूतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।

    आईतबार प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री ज्वालाले सो द्रूतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्व बजेट व्यवस्था गरिएको पनि बताए ।

    उनले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टिकरण समेत दिए । मन्त्री ज्वालाले सो द्रूतमार्गको निर्माण कार्यलाई नेपाली सेनाले तीव्रताका साथ अघि बढाएको पनि संसदलाई जानकारी गराए ।

    उनले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयको बजेटको बाँडफाँड असन्तुलित भएको सम्बन्धमा पनि केही जिज्ञासाहरु उठेका छन । हाम्रो मन्त्रालयको बजेट सिलिङ चालू आर्थिक वर्षको भन्दा करिव ३७ अर्व घटाइएकाले बजेट बनाउन र सन्तुलन कायम गर्न निकै कठिनाई भएको यथार्थताबारे माननीयज्यूहरु जानकार हुनुहुन्छ । समय र बजेट कटौतिको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा दुःख लागेको छ । सकेसम्म सन्तुलन कायम गर्न खोजिएको अनुरोध गर्न चाहन्छु । नेपाल सरकारको निर्णय अनुसार काठमाडौं–निजगढ द्रूतमार्गको निर्माण कार्य नेपाली सेनाद्धारा द्रूतगतिमा अघि बढिरहेको छ । अवको निर्धारित समयमा निर्माण कार्य सक्नका लागि आगामी आर्थिक वर्षमा २२ अर्व बजेट विनियोजन पनि गरिएको छ । २०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात संचालन गरिने कुरा यो सदनलाई म जानकारी गराउन चाहन्छु ।’

    मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend