logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैनः चित्रबहादुर केसी

    सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैनः चित्रबहादुर केसी

    1.1K
    Shares
    सिद्धान्ततः बजेट संशोधन गर्न मिल्दैनः चित्रबहादुर केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेद्भाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् ।आईतवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सिद्धान्ततः बजेट संशोधन गर्न नमिल्ने बताए । उनले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताए । उनले अहिलेका राजनीतिक दलहरुले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए । उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरुले गरिरहेको बताए ।

    उनले भने, ‘सिद्धान्ततः कुरा गर्ने हो भने बजेट संशोधन गर्न मिल्दैन । तर नेपालमा जे पनि गर्न मिल्छ । बजेटमाथिको छलफल नाटक मात्रै हो, औचित्य छैन । यो समय बिताउने मात्रै हो । नेपालमा आफूलाई चाहिएको जे पनि संशोधन गर्छन्, जनतालाई देशलाई चाहिए नियम र सिद्धान्तको कुरा गर्छन् । खर्च कटौति गरी रुपैयाँ कायम गर्नेकुरा बेकारको कुरा हो । यिनीहरुले संसदीय पद्धतिका कुरा गर्ने जनतालाई उल्लु बनाउनुबाहेक केही होइन । मुख्य कुरा दाउपेच र कसलाई छक्याएर सत्ताको रस्वासदन गर्नुपर्छ भनेर नाटक गरिरहेका छन् । बजेटमा भेदभाव छ । अन्याय छ । बजेट पास हुन कठिन छ ।’

    अध्यक्ष केसीले बजेटमा भेदभाव र अन्याय गरिएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend