logo

२०८१ असोज १५ मंगलबार

logo
  • मंगलबार, १५ असोज २०८१
  • उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गर्न न्यायपरिषद्को बैठक बस्दै

    उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गर्न न्यायपरिषद्को बैठक बस्दै

    945
    Shares
    उच्च अदालतमा न्यायाधीश नियुक्तिको निर्णय गर्न न्यायपरिषद्को बैठक बस्दै

    काठमाडौँ । न्यायपरिषद्को बैठक आज बोलाइएको छ। उच्च अदालतमा रिक्त रहेका ४१ न्यायाधीशको नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो ।

    न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको निर्देशनमा सोमबार अपराह्न १ बजेका लागि परिषद्को बैठक बोलाइएको छ। बैठकको एजेन्डाका रूपमा उच्च अदालतहरूमा रिक्त न्यायाधीशको नियुक्ति र ‘विविध’ कायम गरिएको छ ।

    अहिलेसम्म उच्च अदालतमा ४१ जना न्यायाधीशको पद रहेको छ । तर ४१ जना न्यायाधीशको पद रिक्त भए पनि यसअघि बनेको कार्याविधि अनुसार छनोट गर्ने भनिएका २७ जना न्यायाधीशको सम्बन्धमा आज निर्णय हुन सक्ने बताइएको छ ।

    तत्कालीन समयमा रिक्त रहेका २७ जना न्यायाधीशमध्ये आधा जिल्ला न्यायाधीशबाट करिब २५ प्रतिशत न्याय सेवाबाट र २५ प्रतिशत कानुन व्यवसायीबाट नियुक्त गर्ने तयारी रहेको छ ।

    यसअगाडि तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा न्यायाधीश सिफारिसका लागि सर्ट लिस्ट तयार गर्ने र अधिवक्ताहरूबाट निवेदन माग गरिएको थियो । उच्चमा न्यायाधीश बन्न जान इच्छुक २५ जना अधिवक्ताको सूचीसमेत परिषद्ले तयार गरिसकेको छ ।

    न्याय परिषद्ले तयार पारेको कार्याविधि बमोजिममा तत्काल २७ जना न्यायाधीशको नियुक्ति गर्न सकिने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend