काठमाडौं । भारतको ओडिसा राज्यमा यात्रु सवार बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु शख्त घाइते भएका छन् ।
सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटनाग्रस्त भएको हो ।
ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । निजी बसमा सवार यात्रुहरुको मृत्यु भएको बताइएको छ ।
ओडिसाका मुख्यमन्त्रीले दुर्घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारजनलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् ।