logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जलहरी प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ: सांसद पौडेल

    जलहरी प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ: सांसद पौडेल

    1K
    Shares
    जलहरी प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति बनाउनुपर्छ: सांसद पौडेल

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पशुपतिमा रहेको सुनको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

    उनले भने, ‘केही दिन अगाडी यही सदनमा एकजना माननीयज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा त्यसलाई रेकर्डबाट हटाइयो । मेरो बिचारमा यसबाट संसदले त्यस विषयलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ । भ्रष्टाचार कहीँ पनि हुनु हुँदैन । धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिदा संसार सामु हाम्रो शिर निहुरिएको छ । यसले केही प्रश्नहरु उठाएका छन् । यस्ता विषयमा तत्कालिन सरकारले गरेजस्तै गरी अब निर्णय गर्न पाइने कि नपाइने ? उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानविन किन ग¥यो ? यसको निर्णय प्रक्रिया र कार्यान्वयनको सन्दर्भमा थुप्रै विषयहरु जोडिएका छन् र ति व्यापक रुपमा टिकाटिप्पणीका विषय बनेका छन् । यो गम्भिर विषय छानविनका निम्ति सदनले एउटा समिति बनाओस् । यसको पूर्ण र निष्पक्ष छानविन हुने स्थिति निर्माण होस् ।’

    उनले उजुरी परेको दुई वर्षपछि अख्तियारले छानबिन गरेको भन्दै अख्तियारको कार्यशैलीप्रति पनि प्रश्न उठाएको टिप्पणी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend