logo

२०८१ असोज ९ बुधबार

logo
  • बुधबार, ९ असोज २०८१
  • जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

    जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

    1.2K
    Shares
    जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु, चार घाइते

    जुम्ला । जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

    विद्युत्को तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको उनको भनाइ छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् ।

    प्रहरीका अनुसार घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend