logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • गण्डकी प्रदेश सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दर्ता

    गण्डकी प्रदेश सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दर्ता

    1.8K
    Shares

    माघ ७ काठमाडौं – गण्डकी प्रदेश सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता भएको छ । सांसद गुरुङविरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार सार्वजनिक मुद्धा दर्ता गरेका हुन् ।

    मंगलबारदेखि सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनको विषयलाई लिएर सांसद मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई हातपात गरेका थिए । सांसद मनाङ्गेले मनाङबाट आएका खेलाडीहरुलाई एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए ।

    पीडित गुरुङले मुद्दा दर्ता गर्न जानु अघि पोखरामा पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफनो जिउ धनको सुरक्षाको माग गदै मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दत्र्ता गर्ने जानकारी दिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend