logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैनः सांसद सुवाल

    राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैनः सांसद सुवाल

    1K
    Shares
    राजश्व र करको भरमा मात्रै देश चल्न सक्दैनः सांसद सुवाल

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन् ।

    बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव माथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले मुलुकमा अब प्रगतिशिल कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    उनले सरकारको राजश्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको बताए । उनले सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए ।

    उनले भने, ‘सरकारको राजश्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो होइन । सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्छ । राजश्व र करको भरमा देश चल्दैन । मुलुकमा प्रगतिशिल कर लागू गर्नुपर्छ । एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक हुन्छ । तर देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै हुन्छ । प्रगतिशिल कर प्रणाली नहुँदाको परिणाम हो । देशलाई आर्थिक रुपले सवल बनाउन जरुरी छ ।’

    उनले एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भएपनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको बताए । उनले आयकर ९४ करोड मात्रै हुनु प्रगतिशिल कर प्रणाली नहुँदाको परिणाम भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend