काठमाडौं । चिनियाँ अरबपति ज्याक मा अनौपचारिक नेपाल भ्रमण गरेर फिर्ता भएका छन् ।
उनी सवार बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौरका लागि उडेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सवा ११ मा उनी सवार जहाज पकिस्तानको लाहौरका लागि प्रस्थान गरेको जानकारी दिए ।
ज्याक मा नेपालमा मंगलबार आइपुगेका थिए। नेपाल भ्रमणका क्रममा उनले भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको दर्शन गर्न पुगेका थिए । उनी बङ्लादेशदेखि सिधैं नेपाल आउनुको खास कारण भने खुलेको छैन् ।