माघ ९ काठमाडौं – एमसीसीबारे यसका पक्ष विपक्षमा अनेक टिकाटिप्पणी भैरहेका बेला एमसीसी खारेज अभियान नेपालले काठमाडौंस्थित अमेरिकी दुतावासमा ज्ञापनपत्र बुझाएको छ।
यसमा एमसीसी इन्डो – प्यासिफिक रणनीतिको अंग भएको उल्लेख नगरे पनि यो यसकै अंग भएको र यसले नेपाललाई हित नगर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। यो अमेरिकी स्वार्थ र चाहनाअनुसार हुन लागेकोले स्वीकार्य नहुने बताइएको छ।