logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छः माधव नेपाल

    जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छः माधव नेपाल

    966
    Shares
    जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छः माधव नेपाल

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् ।

    आईतवार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक क्रान्तिको काम सम्पन्न भइसकेकाले अब जनताको जीवनलाई सुखी, समृद्ध र जनतालाई समानता, अवसर, रोजगारीको हिसावले शिर ठाडो बनाउने कामको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

    उनले यी सबै कामको जिम्मेवारी कम्युनिष्ट पार्टीबाट नै पूरा हुने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने भन्नेकुरामा गहन अध्ययन र खोजी गरी अघि बढ्न आवश्यक रहेको बताए ।

    उनले भने, ‘हामीले एउटा राजनीतिक क्रान्तिको काम त सम्पन्न गरेका छौँ । तर अर्को महत्वपूर्ण काम बाँकी छ । त्यो महत्वपूर्ण काम भनेको जनताको जीवनमा आमुल परिवर्तन गर्ने हो । जनताको जीवनलाई सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने, जनतालाई वास्तवमा सबै हिसावले समानताको हिसावले, अवसरको हिसावले र शिर ठाडो पारेर हिँड्नसक्ने हिसावले समर्थ तुल्याउने यि सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ । त्यही कम्युनिष्ट पार्टीका नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौँ, पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाई गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अघि बढाउने हो ? यसबारेमा अझै गम्भीर चिन्तनमनन गरेर के गर्दा यो पछाडि परेको अवस्थाबाट माथि उठ्नसक्छ, के गरेर गरिबी, अभाव, बेरोजगारी पीडित जनताहरु, जनताका वेदना र दुःखलाई सम्बोधन गर्न सकिन्छ ? भन्ने सन्दर्भमा उहाँले आफ्नोतर्फबाट प्रयास गर्दै हुनुहुन्छ । हामी लागेका छौँ । सबैका ज्ञान, अनुभव, सबैका बुद्धिलाई लिएर हामी अघि बढ्ने हो भने, इमान्दारिताकासाथ अघि बढ्ने हो भने र हाम्रा अग्रज योद्धाहरुले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नुभएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ ।’

    अध्यक्ष नेपालले सबैले इमान्दारिताकासाथ अघि बढेको खण्डमा अग्रज योद्धाहरुले परिकल्पना गरेको नेपालको सपना साकार बनाउन सकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend