logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छः सांसद सुवाल

    हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छः सांसद सुवाल

    1.3K
    Shares
    हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छः सांसद सुवाल

    काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका छन् ।

    आईतवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका हुन् ।

    उनले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने बताए । उनले ३ सय रुपैँया सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताए । त्यस्तै, निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताए ।

    उनले भने– ‘विदेशबाट ल्याइने चिनीमा कर लाग्छ । तर चामलमा लाग्दैन । चामल भनेर चिनी भित्रीरहेको अर्थमन्त्रीलाई कसरी थाहा भएन ? मिलेमतो भनेको यही होइन र ? सत्तापक्षकै गठबन्धन दलका नेताहरुलाई चित्त बुझाउनका लागि अर्थ विविध भनेर ७३ अर्ब रुपैयाँ राखेको रहेछ । क–कसको बीचमा भागबन्डा हुने हो ? यसरी पैसा राख्न मिल्छ ? बिना शिर्षक । एक किसिमको यो अनियमितता हो । प्रगतिशिल कर प्रणाली यसमा छैन । हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ । सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनु हुँदैन । रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्छ । निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्छ ।’
    उनले बिदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्राइरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend