logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरीः सांसद पौडेल

    ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरीः सांसद पौडेल

    1.2K
    Shares
    ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरीः सांसद पौडेल

    काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताएका छन् ।

    बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले काठमाडौंका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गरे । उनले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताए । उनले ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी रहेको बताए ।

    उनले भने, ‘वागमती लगायतका काठमाडौं उपत्यकाका नदीहरु सबै ढल बगाउने नदीहरु हुन् । हामीले नदी भनेको, अहिले ढल बगिरहेको छ । कतिपयमा केही खोल्सा वा नदीमाथि बाटो बनाएर घर घर जोन, पिच, ढलान गरेर बाटोले छोपिएको छ, महानगरले त्यसलाई खोल्ने भनेर भत्काइरहेको छ । त्यो त्यत्तिकै छोडियो भने गन्हाएर सकिँदैन । त्यसैले दुई तिरै करिडोर बनाएर दुवैतिर ढल राख्ने स्थिति सरकारले बनाउनुपर्छ । नत्र भने अहिले नदीबाट ढलको निकास बनाइएको छ, त्यसबाट नदी सफा हुने, नत्र यहाँ कुनै प्रशोधन केन्द्र राखेपनि सम्भावना छैन । ढलको व्यवस्थापन नभएसम्म त्यसको प्रशोधन हुने स्थिति नभएसम्म कुनैपनि नदी सफा हुने अवस्था छैन । ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी छ ।’

    सांसद पौडेलले काठमाडौं उपत्यकाका नदीहरुलाई सफा बनाउनु जरुरी भइसकेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend