logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • रसुवामा बाँदर आतंक: कलिला फल खाने, बोटसमेत उखेलेर फालिदिने

    रसुवामा बाँदर आतंक: कलिला फल खाने, बोटसमेत उखेलेर फालिदिने

    2.9K
    Shares

    माघ १० काठमाडौं रसुवामा खेतबारीमा लगाएका हिउँदे आलु बाँदरले नोक्सान गर्न थालेपछि दक्षिणी भेगका अधिकांश किसान रातदिन पहरा दिन थालेका छन् ।

    स्थानीय समाजसेवी विष्णुप्रसाद देवकोटाका अनुसार दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा नं ५ गैरीफाँट खेत, बडहरे, चित्ती, रूप्सेपानी भदौरे, धुसेनीलगायतका क्षेत्रमा रोपिएका हिउँदे आलुको बोटसमेत उखेलेर बाँदरले कलिला फल खान थालेपछि किसानले अह्रोरात्र पहरा दिन थालेका हुन् ।

    आलु खान कम्तीमा २०० भन्दाबढीको सङ्ख्यामा बाँदरका हुल आउने र १०÷२० जनाले बाँदरलाई लखेट्न आँट नपुग्ने भएबाट अहिले त्यस क्षेत्रका सयौँ किसान हिउँदे प्रमुख बाली जोगाउन सामूहिक पहरा दिइरहेका र पहरा दिँदा दिँदै पनि खेतीमा रहेका आधाभन्दा बढी बिरुवा नोक्सान भइसकेको किसान बताएका छन् । सयौँ हेक्टरमा लागाइएका आलुको बिरूवाले उत्पादन दिन थालिसकेको र फल दिइरहेका बिरुवा रातको समयमा समेत उखलेर बाँदरले खान थालेको बताइएको छ ।

    विगतका समयमा बाँदरले कुनै पनि चीज बिहान सूर्यदयोपछि खाने र सूर्यअस्तपछि खान बन्द गर्ने विषेशता थियो । पछिल्लो समयमा बाँदरको खाने बानीमा परिवर्तन आउँदा पछिल्लो पुस्तालाई अन्न तथा फलफूल जोगाइ खान समस्या पर्दै गएको बुढापाकाले बताएका छन् ।

    रसुवाको प्रत्येक गाउँ क्षेत्रमा बाँदरको सङ्ख्या बढ्दै जाँदा कृषि उपज कसरी जोगाउने भन्ने विषयमा अध्ययन गराई बाँदर व्यवस्थापनको पहल कदमी चालिदिन सरकारसामु किसानले विनम्रतापूर्वक आग्रह गरिरहेका समाजसेवी देवकोटाले बताउनुभयो ।

    बाँदरको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि खेतबारीको अलावा घरमा भण्डारण गरिराखेको अन्नपातसमेत घरको धुरीबाट बाँदरले लाने गरेको र घरमा बाँदर पस्न छालेपछि ससाना बालबालिका डराउन थालेको दक्षिणी रसुवाका बासिन्दाले बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend