logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • संसद सुचारु गराउन एमाले सांसदहरुलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

    संसद सुचारु गराउन एमाले सांसदहरुलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

    1.5K
    Shares
    संसद सुचारु गराउन एमाले सांसदहरुलाई राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सूचारु गराउन एमाले सांसदहरुलाई आग्रह गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठक पनि एमाले सांसदहरुले उठेर अवरुद्ध पारेपछि बैठक सुचारु गराउन उनले आग्रह गरेका हुन् ।

    प्रधानमन्त्रीलाई आफूहरुले राखेको प्रश्नको जवाफ दिने वातावरण बनाउन पनि एमाले सांसदहरुले संसद बैठक सुचारु गराउनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो ।

    उनले नेपालको सरकार नेपालको संसदले बनाउँछ कि अरु बाहिरबाट ? भनेर सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिन पनि प्रधानमन्त्रीले बोल्नुपर्ने भएकाले संसद बैठक सूचारु गराउन एमाले सांसदहरुलाई सचेत गराएका थिए ।

    अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय सदस्यहरु, यहाँहरुले तीन दिनेदखि लगातार यही विषयमा कुराहरु राख्नु भएको छ । आज माननीय ज्यूले एउटा प्रश्न सोध्न चाहन्छु भनेर जिज्ञासा पनि राख्नु भएको छ । सायद त्यो प्रधानमन्त्रीलाई नै प्रश्न होला । नेपालको सरकार नेपालको संसदले बनाउँछ कि अरु बाहिरबाट भनेर प्रश्न गर्नु भएको थियो । यसको उत्तर दिन पनि यहाँहरु बसेर प्रधानमन्त्रीलाई यहाँ बोल्ने वातारण बनाउनु पर्ने हुन्छ । त्यसो भएको हुनाले माननीयज्यूहरु, संसद सुचारु गरौं । यहाँहरुका यस्ता जिज्ञासाहरु, प्रश्नहरुको बारेमा प्रधानमन्त्रीलाई जवाफ दिने वातावरण बनाऊ । र, त्यस पछाडि अगाडि बढ्दाखेरी उपयुक्त हुन्छ । यसकारण माननीयहरुलाई म आफ्नो आशनग्रहण गर्नका लागि अनुरोध गर्दछु ।’

    एमाले सांसदहरुले बैठक अवरुद्ध गर्ने अडानलाई निरन्तरता दिएपछि अध्यक्ष तिमिल्सिनाले असार २४ गते आईतबारसम्मका लागि बैठक स्थगित गरे । त्यसैगरी, उनले आजको लागि तय गरिएको विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल असार २४ गते आईतबार बस्ने बैठकमा छलफल गर्ने कार्यसूचि तय गरिएको पनि बैठकलाई जानकारी गराए ।

    अध्यक्ष तिमिल्सिनाले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनका लागि यही असार २५ र २६ गते दुई दिनको समय तोकिएको समेत सांसदहरुलाई सुचित गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend