विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिमण्डल विस्तार गर्दै छन् ।
आज मुख्यमन्त्री थापाले आफ्नै दल नेपाली कांग्रेस र सत्तासाझेदार दल नेकपा माओवादीबाट एक/एक जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ लिएका थिए । सोही दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक/एक जनालाई मन्त्री बनाइए पनि माओवादी केन्द्र सरकारमा सामेल भएको थिएन् । माओवादी केन्द्र आज सरकारमा सहभागी हुन लागेको हो ।
माओवादीबाट प्रदेश सांसद जीवन आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण पनि गर्दै छन् ।
यसअघि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन मन्त्री बनेका थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन् ।