logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि संसद सुचारु गराउन प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आह्वान

    सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि संसद सुचारु गराउन प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आह्वान

    952
    Shares
    सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि संसद सुचारु गराउन प्रधानमन्त्रीलाई अध्यक्ष तिमिल्सिनाको आह्वान

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गरेका छन् । आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    प्रधामन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर सदनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजीनामा माग गर्दै संसद अवरुद्ध गरेपछि अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री दाहाललाई संसद सुचारु गर्न सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न आह्वान गरे । उनले आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकहरुमाथि असार २५ गतेको बैठकमा छलफल हुने बताए ।

    त्यस्तै, सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको पनि बताए ।

    उनले भने, ‘माननीय सदस्यहरु ४ दिनदेखि संसद अवरुद्ध हुँदै आएको छ । संसद सुचारु गर्न सम्माननीय प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक राखि आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न म आह्वान गर्दछु । आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकहरुमाथि असार २५ गतेको बैठकमा छलफल हुने व्यहोरा जानकारी गराउँछु । साथै सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको छु ।’
    राष्ट्रिय सभाको अर्को बैठक असार २५ गते सोमवार ११ बजेर १ मिनेटमा बस्नेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend