logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आरजुको नाम लिएको अडियो रेकर्ड शर्माको स्वरसँग मिल्यो

    आरजुको नाम लिएको अडियो रेकर्ड शर्माको स्वरसँग मिल्यो

    5.4K
    Shares
    आरजुको नाम लिएको अडियो रेकर्ड शर्माको स्वरसँग मिल्यो

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेृत एवम् सांसद डा‍‍. आरजु राणा देउवाको नाम लिइएको अडियो रेकर्ड सन्देश शर्माको आवाजसँग मिलेको पाइएको प्रहरी अनुसन्धानले पुुष्टि गरेको छ ।

    शरणार्थी प्रकरणमा पक्राउ परेका दाङका शर्मा ठगी तथा संगठित अपराध कसूर मुद्दामा छानबिनका लागि हिरासतमा छन् ।

    राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक गरिएको भन्दै अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

    नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले निवेदनमाथि छानबिन गर्दा उक्त अडियो रेर्कड शर्माको आवाजसँग मिलेको र त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी माग गरिएको जानकारी दिए ।

    आरजुले केही मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढंगबाट चरित्र हत्या गराउने उद्देश्यका सुनियोजित रुपमा रेकर्ड गराइएको बताउँदै दोषीमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरेकी थिइन् ।

    Image


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend