logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय गर्छौं: परराष्ट्रमन्त्री

    गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय गर्छौं: परराष्ट्रमन्त्री

    805
    Shares
    गोर्खा भर्तीबारे उपयुक्त समयमा निर्णय गर्छौं: परराष्ट्रमन्त्री

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रसाद (एनपी) साउदले गोर्खा भर्तीबारे उपयुक्त समयमा सर्वसहमति जुटाएर आवश्यक निर्णय लिने बताएका छन् ।

    सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री साउदले भने, ‘यस्तो विषयमा सर्वपक्षीय सर्वसहमति आवस्यक हुन्छ । यस आधारमा उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छौं ।’

    भारतीय कानुनमा परिवर्तनपछि गोर्खा भर्ती रोकिएको बताउँदै उनले त्यसपछि भर्ती खुलाउन औपचारिक कूटनीतिक पहल नभएको जानकारी समेत गराए ।

    भारतको ‘अग्निपथ’ योजना बमोजिम गोर्खा भर्तीमा नेपालले सहमति नजनाएपछि गत अगस्ट महिनाको अन्त्यमा भर्ना छनोट प्रक्रिया अनिश्चितकालिन रुपमा स्थगित भएको थियो ।

    भर्ना लिइएका युवामध्ये निश्चित प्रतिशतलाई मात्र चार वर्षपछि भारतीय सेनामा स्थायी पदस्थापन गरिने र अन्यलाई निश्चित रकम दिएर घर फिर्ता पठाउने नीति भारत सरकारले लागू गर्ने निर्णय लिएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अग्निपथ योजना अनुसारको गोर्खा भर्तीमा रोक लगाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend