सुनौलो नेपाल – गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिए पछि प्रहरीको चर्को आलोचना हुन् थालेको छ।
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत सोमबार काठमाडौं महानगरीय प्रहरी परिसरमा टेकुमा पुगेकी थिइन् त्यहाँ पुगे लगत्तै उनलाई नियन्त्रणमा लिएर प्रहरीले कारबाही अगाडी बढाएको थियो।
प्रहरीले सामान्य मुद्धालाई ठुलो बनाएको भन्ने आलोचना आम सर्वसाधारणमा मात्रै नेकपामा समेत छ। प्रहरीकै कारण सरकारको बदनाम भएको र प्रहरीलाई नैतिक शिक्षा दिन आवश्यक भएको अनेरास्वबियुकि पुर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य नविना लामाले बताएकी छन्।
प्रहरीले गायिकालाई अन्याय गर्यो माफी मागिसके पछि हिरासतमा किन राख्नुपर्यो महिला प्रहरीको पनि गल्ती देखिन्छ सिसिटिभीमा तर प्रहरीपक्षलाई किन कारबाही भएन उनले प्रश्न गरेकी छन्।
त्यस्तै केही दिन अगाडी यहिँ बिषयमा सुनौलो नेपालसंग कुरागर्दै नेपाल प्रहरीका पूर्व डीआइजी तथा नेकपा सांसद नवराज सिलवालले समेत आस्थालाई व्यवहारजन्य क्रियाकलाप भएकोले प्रहरी र आस्था राउत बसेर उनलाई सम्झाउनु पर्ने बताउदै यो बिषयलाई ठुलो बनाउन नहुने धारणा राखेका थिए।
हेर्नुहोस सांसद सिलवालसंग गरीएको कुराकानी