logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

    प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

    1.2K
    Shares
    प्रधानमन्त्री पत्नी सीता दाहालको निधनमा मुख्यमन्त्री यादवद्वारा दुःख व्यक्त

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    आज श्रद्धाञ्जलि पत्र जारी गर्दै मुख्यमन्त्री यादवले सीता दाहालको निधनले आफूलाई मर्माहत बनाएको जनाएका छन्। उनले प्रधानमन्त्री दाहालको कठिन यात्रा एवं आरोहअवरोहमा साथ दिएकी दाहालको निधनले एक सौम्य व्यक्ति तथा जनयुद्धकी सच्चा सहयात्री पनि गुमेको भन्दै दुःख व्यक्त गरे ।

    ‘अपार दुःखको यस घडीमा यहाँ र यहाँको परिवारलाई यो बज्रपात सहन गर्ने शक्ति मिलोस् । मधेस प्रदेश सरकार र मेरो तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै चिरशान्तिको कामना गर्दछु’, मुख्यमन्त्री यादवद्वारा हस्ताक्षरित श्रद्धाञ्जलि पत्रमा भनिएको छ ।

    प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८ः३३ बजे ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend