माघ १५ काठमाडौं पूर्वप्रधानमन्त्री एवम् नेपाली नेपाली काँग्रेसका पुर्व पार्टी सभापति सुशील कोइरालाको स्मृतिमा स्थापित ‘सुशील कोइराला फाउण्डेशन’ भवन निर्माण हुने भएको छ ।
फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भवनको अगामी माघ १६ गते शिलान्यास गरिने जानकारी दिए ।
स्वर्गीय कोइरालाले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा पु¥याएको अथक योगदानका बारेमा नयाँ पुस्तालाई जानकारी दिन रु दुई करोड ५० लाखको लागतमा फाउण्डेशन निर्माण गरिन लागेको उनले बताइन् ।
भवन निर्माणमा प्रदेश नम्बर १ सरकारले रु ७५ लाख र विराटनगर महानगरपालिकाले तीन कट्ठा जग्गा सहयोग गरेका छन् ।