logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • मिटरब्याज सम्बन्धी कानुन ल्याउन नदिन चलखेल हुँदैछ: राष्ट्रिय जनमोर्चा

    मिटरब्याज सम्बन्धी कानुन ल्याउन नदिन चलखेल हुँदैछ: राष्ट्रिय जनमोर्चा

    1.1K
    Shares
    मिटरब्याज सम्बन्धी कानुन ल्याउन नदिन चलखेल हुँदैछ: राष्ट्रिय जनमोर्चा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले मिटरब्याज सम्बन्धी विधेयक तत्काल ल्याउन सरकार समक्ष अनुरोध गरेको छ ।

    सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याजसम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको आशंका व्यक्त गर्दै जस्तोसुकैदबाबलाई परास्त गरी पीडितलाई न्याय दिने विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

    केसीले विज्ञप्ति मार्फत भनेका छन्– ‘मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ । ’

    मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहन गरिरहेको बताउँदै केसीले त्यस्तो शोषण कार्यलाई तत्काल रोक्न, शोषण र दोहन गर्नेहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन्। ‘देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ’ केसीले उल्लेख गरेका छन् ।

    सरकारले गत वैशाखमा ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश गत २० असारदेखि निष्क्रिय बन्न पुगेको थियो । सरकारले समयमा नै प्रतिस्थापन विधेयक संसदबाट पारित नगर्दा मिटरब्याजसम्बन्धी अध्यादेशले गरेका व्यवस्था शून्यमा पुगेका छन् ।

    राष्ट्रिय जनमोर्चाले बाढी पहिरो र डुबानबाट जनधनको क्षति हुनबाट जागाउन आवश्यक सबै कदम चाल्न र बाढीपीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग अघि सारेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend