logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • रौतहटको सिमा क्षेत्रमा भारतीय अपराधी र प्रहरीबीच गोली हानाहान

    रौतहटको सिमा क्षेत्रमा भारतीय अपराधी र प्रहरीबीच गोली हानाहान

    1.4K
    Shares

    माघ १५ काठमाडौं रौतहटको सिमा क्षेत्रमा मंगलबार राति भारतीय अपराधिक समुह र नेपाल प्रहरी बिच गोली हानाहान भएको छ। गोली हानाहान हुँदा एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रौतहटको इशनाथ नगरपालिका वाड नं. १ बन्जरास्थित बकैया नदीको बाधमा राति करिब साडे १२ बजे भारतीय अपराधी र प्रहरीबीच गोली हानाहान भएको हो । प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायतका वडा नं ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ।

    प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ । उक्त समूह रौतहटका एकजना स्थानीय ब्यापारीसँग फिरौती लिन नेपाल प्रवेश गरेको खुलेको छ ।

    घाइते चाँद प्रहरीको नियन्त्रणमा छन्। उनको अहिले गौर अस्पतालमा उपचार भैरहेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend