logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ठमेलको क्लबमा भएकाे झगडामा संलग्न सानुभाइसहित ७ जना पक्राउ

    ठमेलको क्लबमा भएकाे झगडामा संलग्न सानुभाइसहित ७ जना पक्राउ

    16.4K
    Shares
    ठमेलको क्लबमा भएकाे झगडामा संलग्न सानुभाइसहित ७ जना पक्राउ

    काठमाडौं । काठमाडौंको ठमेलस्थित क्लब ओम्नियामा झडपमा संलग्नताको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ सहित ७ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    असार १५ गते क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भन्दै सानुभाइ सहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरी फरार भएका थिए । सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैटे’का सहयोगी थिए । गुन्डा समूहमाथि निगरानी गरिरहेका काठमाडौंका एक प्रहरी अधिकारीका अनुसार अहिले सानुभाइ ‘समीरमान सिंह बस्नेत बाहेक अरूलाई मान्दिनँ’ भन्छन् ।

    पोखराबाट पछ्याएर थानकोट पुगेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । ओम्निया क्लबमा भएको झगडामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सानुभाइ सहित टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ रहेका छन् । सानुभाइ समूहका विनोद लामा र रघु लामालाई प्रहरीले घटना भएको दिन नै समातेर अनुसन्धान गरिरहेको छ ।

    क्लब सञ्चालक राजेन्द्र गुरुङले प्रहरी वृत्त सोह्रखुट्टेमा आरोपितहरू विरुद्ध किटानी जाहेरी दिएका छन् । एसपी रिजालले पक्राउ परेकाहरू विरुद्ध ‘अभद्र व्यवहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

    कुमार गुरुङ ‘घैटे’ इन्काउन्टरमा मारिपछि युवराज गुरुङ ‘सानुभाइ’ बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँडदै गरेको बेला २०७२ मा प्रहरीले उनलाई समातेर हिरासतमा राखेको अनुसन्धामा संलग्न प्रहरी स्रोतको दाबी छ ।

    २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता नदिएको भन्दै सानुभाइले गोली चलाएका थिए। नुवकोटकै होटल व्यवसायी सुरेश डंगोललाई गतवर्ष उनले आक्रमण गरेका थिए । सानुभाइ नेपाली कांग्रेस निकट हुन् । उनको समूहबारे प्रहरी वृत्त सोह्रखुट्टेले अहिले अनुसन्धान जारी राखेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend