logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • केन्द्रिय कमिटिको बैठकमा ओलीको ब्रिफिङ एमसीसी नेपालको हितमा छ !

    केन्द्रिय कमिटिको बैठकमा ओलीको ब्रिफिङ एमसीसी नेपालको हितमा छ !

    1.5K
    Shares

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालको सार्वभौमिकतामा कुनै असर नगर्ने बताएका छन्।नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आजदेखि शुरु केन्द्रीय कमिटी बैठकमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, “एमसीसीमा कुनै अनुचित विषय छैन। सबै स्पष्ट हुन जरुरी छ, यसले केही असर गर्दैन। अमेरिकाले समेत यसलाई प्रष्‍ट पारिसकेको छ।””यसलाई इन्डोप्यासिफिक रणनीतिसँग जोड्न जरुरी छैन प्रधानमन्त्रीले भने, “हामी अरुका स्वार्थको पछाडि कुद्ने होइन, आफ्नो लाभ हेर्ने हो। हामी हाम्रो सार्वभौमकितासित कुनै सम्झौता गर्दैनौँ।

    त्यस्तै नेपाल तीब्र आर्थिक वृद्धि गर्ने दशवटा देश मध्य पहिलो स्थानमा पर्ने बताउनु भएको छ ।हामी धमाधम खानी उत्खनन गर्दै छौ, बिद्युत उत्पादन गर्दै छौ जब हामी फलाम निर्यात गर्न थाल्छौ जब हामी बिद्युत निर्यात गर्न थाल्छौ त्यसले हामीलाई उच्च आर्थिक वृद्धिदरको अवस्थामा पुर्याउने भन्दै सरकार त्यसमा लागि परेको बताउनु भयो । अहिलेको सरकार पैसाको पछाडि लाग्दैन भ्रष्टाचारको पछाडि लाग्दैन मैले भनेको छु म भ्रष्टाचार गर्दिन भ्रष्टाचार गर्न दिन्न । बुधबार बिहानबाट राष्ट्रियसभा गृहमा शुरु भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको उद्घाटनसत्र सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । त्यस्तै उहाँले सरकार विरुद्धको प्रचार आक्रमण तीव्र रुपमा भएको भन्दै नियम अनुसार युद्धमा दुवै तर्फबाट आक्रमण हुन्छ तर यहाँ हामीलाई एकतर्फी आक्रमण मात्रै भएको छ हामी तिनीहरुलाई नतिजाबाट जबाफ दिनेछौ बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    बैठकमा आजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ ।महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नुहुने छ। आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी हुनेछन्। सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन्। एउटा समूहमा २९ नेता रहनेछन्। यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडा गरेर तीन ठाउँमा छलफल गर्नेछन्।केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा बिहीबारदेखि सुरु हुनेछ। यो समूहमा सचिवालय सदस्य भने सहभागी हुने छैनन्। समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend