logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले भने राष्ट्रहित बिपरित एमसीसी पास हुन्न (भिडियो सहित)

    केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले भने राष्ट्रहित बिपरित एमसीसी पास हुन्न (भिडियो सहित)

    2.3K
    Shares

    १५ माघ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हित हुने गरी नै संसदबाट पास हुने जिकिर गर्नुभएको छ।
    नेकपाको केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै ओलीले भने अहिले बजारमा अनेकथरी हल्ला चलाईएको छ सम्झौतामा त्यस्तो राष्ट्रहित बिपरितका कुनै बुँदा छैनन एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिसँग जोडेर बेकारको हल्ला फैलाईएको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

    एसिया अफ्रिका र दक्षिण अमेरिकामा सहित ५० देशमा कार्यन्वयन भएको एमसीसीको इण्डो प्यासिफिकसंग कुनै साईनो छैन हरेक कुरामा नकारात्मक खोज्दै हिड्ने हो भने नेपालले अन्तर्राष्ट्रियरुपमा कसैसंग सम्बध राख्न सक्दैन । अब यो सम्झौता संसदबाट छिटो पास हुनुपर्छ यसले हाम्रो स्वार्वभौमसत्तालाई यस सहमतिले कुनै प्रतिकुल असर पार्दैन बैठकमा ओलीले भन्नुभयो ।

    हेर्नुहोस सो कार्यक्रममा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन

    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीब्र आर्थिक वृद्धि गर्ने दशवटा देश मध्य पहिलो स्थानमा पर्ने बताउनु भयो । हामी धमाधम खानी उत्खनन गर्दै छौ, बिद्युत उत्पादन गर्दै छौ जब हामी फलाम निर्यात गर्न थाल्छौ जब हामी बिद्युत निर्यात गर्न थाल्छौ त्यसले हामीलाई उच्च आर्थिक वृद्धिदरको अवस्थामा पुर्याउने भन्दै सरकार त्यसमा लागि परेको बताउनु भयो ।

    उहाँले अहिलेको सरकार पैसाको पछाडि लाग्दैन भ्रष्टाचारको पछाडि लाग्दैन मैले भनेको छु म भ्रष्टाचार गर्दिन भ्रष्टाचार गर्न दिन्न । बुधबार बिहानबाट राष्ट्रियसभा गृहमा शुरु भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको उद्घाटनसत्र सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

    त्यस्तै उहाँले सरकार विरुद्धको प्रचार आक्रमण तीव्र रुपमा भएको भन्दै नियम अनुसार युद्धमा दुवै तर्फबाट आक्रमण हुन्छ तर यहाँ हामीलाई एकतर्फी आक्रमण मात्रै भएको छ हामी तिनीहरुलाई नतिजाबाट जबाफ दिनेछौ बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    बैठकमा आजै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ ।महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नुहुने छ। आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी हुनेछन्। सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन्। एउटा समूहमा २९ नेता रहनेछन्। यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडा गरेर तीन ठाउँमा छलफल गर्नेछन्।

    केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा बिहीबारदेखि सुरु हुनेछ। यो समूहमा सचिवालय सदस्य भने सहभागी हुने छैनन्। समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend