काठमाडौं । काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पहरीले पक्राउ गरेको छ ।
बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।
एलओडीमा गएकी एक नाबालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान जारी राखेको छ। यही प्रकरणमाएलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई यसअघि नै पक्राउ गरिएको थियो ।
यद्यपि, उक्त घटनाका समय क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरुलाई बोलाएका बेला उपस्थित हुने गरी छाडिएका छन् ।