logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बंगलादेशसँगको सिरिज जितेर नेपाल फर्कियो महिला फुटबल टोली

    बंगलादेशसँगको सिरिज जितेर नेपाल फर्कियो महिला फुटबल टोली

    1.2K
    Shares
    बंगलादेशसँगको सिरिज जितेर नेपाल फर्कियो महिला फुटबल टोली

    काठमाडौं । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमवार स्वदेश फर्किएको छ ।

    १९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमार्फत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो ।

    दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गरेका थिए ।

    सोमवार स्वदेश फर्किएका नेपाली टोलीले पर्याप्त म्याच एक्सपोजर पाउन सकेमा एसियाडका लागि राम्रो तयारी हुने धारणा राखेका थिए । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीबिरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे ।

    तुलनात्मक रूपमा नेपाली टोलीमा धेरै पक्ष सुधार आएको प्रशिक्षक थापाले बताए । प्रशिक्षक थापाले टोलीमा अभैm पनि फिटनेसमा केही समस्या देखिएको बताउँछन् । त्यसका लागि उनीहरूलाई जतिसक्दा धेरैभन्दा धेरै म्याच एक्सपोजर दिन आवश्यक रहेको औंल्याए ।

    नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बालेले एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्दीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आश्यकता रहेको बताइन् । उनले अझ पनि माथिल्लो स्तरको टोलीबिरुद्ध म्याच एक्सपोजर पाएमा एसियाडको तयारी राम्रो हुने विश्वाव व्यक्त गरिन् ।

    नेपाली टोलीकी भरपर्दी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशबिरुद्ध जित सम्भव भएको बताइन् । उनले एशियन गेम्स खेल्न पाउनु नै आफूहरूका लागि ठूलो अवसर भएपनि त्यो प्रतिष्पर्धाले गर्दा नेपालको वास्तविक खेलस्तर कस्तो रहेछ भन्ने प्रमाणित गर्ने धारणा राखिन् ।

    नेपाली टोलीकी स्ट्राइकर सावित्राले पुरुष टिमको जस्तै युथ र सिनियर लेभलको लिग गरे महिला फुटबलको भविष्य राम्रो रहेको संकेत गरिन् । साथै सिनियर टोलीको म्याच एक्सपोजर पनि उत्तिकै आवश्यक रहेको सावित्राले औंल्याइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend