काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव गरिएको छ । विधानअनुसार हरेक दुईरदुई महिनामा हुनुपर्ने भएपनि एक वर्षपछि आज (मंगलबार) बैठक बसेको हो ।
मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका हुन् ।
प्रत्येक दुई/दुई महिनामा बैठक गर्नुपर्ने बताउँदै उनले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गरेका छन् । ‘वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहहिर गर्ने प्रस्ताव छ ।’ उनले भने ।