काठमाडौं । मिटरब्याज पीडितको एउटा समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
आज (मंगलबार) मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो ।
उक्त प्रदर्शनका क्रममा आफूहरुको समस्या उचित रुपमा सम्बोधन नगरिएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न तदारुपता देखाउँदै भन्दै मुलुकी ऐन संशोधनसमेत गराइसकेको छ । । तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।