काठमाडौं । राजस्व अनुसन्धान विभागले समातेको हालसम्मकै उच्च परिणामको भनिएको सुन सहितका स्कुटरका ब्रेक शुको नेपाल राष्ट्र बैंकको टक्सार विभागले तौल लिएको छ ।
राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार राष्ट्र बैंकले ती ब्रेक सु जोख्दा कूल तौल १५५ किलो आएको हो ।
स्रोतले भन्यो, ‘कुल एक सय ६० वटा ब्रेक सु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो ।,’
ती ब्रेक सुबाट सुन निकालेर अब जोखिने बताइएको छ । राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भई बाहिरिएको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान गरिएको छ ।