logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मन्त्री श्रेष्ठ आफैँले कब्जा गरेको गढी प्रहरी चौकी भवन आफैँले उद्घाटन गरे

    मन्त्री श्रेष्ठ आफैँले कब्जा गरेको गढी प्रहरी चौकी भवन आफैँले उद्घाटन गरे

    1.8K
    Shares
    मन्त्री श्रेष्ठ आफैँले कब्जा गरेको गढी प्रहरी चौकी भवन आफैँले उद्घाटन गरे

    सिन्धुली । सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

    बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कर सहित २ करोड ४९ लाख १३ हजार ३ सय ४३ रुपैयाँ लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न प्रहरी चौकी भवन निर्माण सम्पन्न भएको हो ।

    प्रहरी चौकी उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशको विभिन्न जिल्लाहरुमा ५ वटा प्रहरी भवन निर्माणअन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिकाको खाङसाङमा प्रहरी चौकी भवन निर्माण प्रक्रिया अघि बढेको बताएका छन् ।

    प्रहरी भवन निर्माणको लागि बागममी प्रदेश सकारकारले झण्डै १ अर्ब ११ करोड बराबर लगानी गरिसकेको बताउनुहुँदै मन्त्री श्रेष्ठले आर्थिक बर्ष २०८०/८१ मा प्रदेश प्रहरी अस्पताल निर्माणको लागि प्रदेशको राजधानी हेटौँडामा ३ करोड बजेट बिनियोजन भएको बताए । साथै क्रमागत रुपमा निर्माण भइरहेका २१ वटा प्रहरी चौकी भवन निर्माणको लागि आर्थिक बर्ष २०८०/८१ मा ३० करोडभन्दा बढी बजेट बिनियोजन गरेको जानकारी दिए ।

    बागतमी प्रदेशका बिभिन्न जिल्लाको प्रहरी भवनको निरीक्षण गर्दा प्रहरीहरु अहिले पनि जस्तापाताले बेरबार पारेकोे झुप्रोहरुमा बसिरहेको मन्त्री श्रेष्ठको भनाई छ । देशमा आर्थिक संकटको कारण प्रहरी चौकी भवनको आवश्यकता महशुस भएपनि बजेट बिनियोजन गर्न नसकिएको मन्त्री श्रेष्ठले बताए ।

    वीपी राजमार्गको चियाबारी–खुर्कोट सडक खण्डमा दिनहुँ दुर्घटना हुने भएकाले उद्धारको लागि सतर्क रहन साथै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्क रहन मन्त्री श्रेष्ठले निर्देशन दिए ।

    प्रहरीलाई प्रबिधिमैत्री बनाउँदै लैजान बागमती प्रदेश सकरार प्रतिबद्ध रहेको बताएका छन्। कानुन मन्त्री श्रेष्ठले प्रहरी समायोजन ऐन संसदले पारित गरिसकेर पनि प्रहरी समायोजन नेपाल सरकारले नगरेको भन्दै तुरुन्त प्रहरी समायोजन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

    ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले कब्जा गरेपछि सो चौकी पछिल्लो समयमा खनियाखर्कमा स्थानान्तरण गरिएको थियो । तर चौकीको आफ्नो भौतिक संरचना थिएन । हाल बागमती प्रदेश सरकारको लागतमा गढी प्रशरी चौकी भवन निर्माण भएको हो ।

    यसैबिच ऐतिहासिक सिन्धुलीगढीमा रहेको प्रहरी चौकी २०५२ साल फागुन १ गते कब्जा गर्दा कानुन मन्त्री गंगानारायण श्रेष्ठ एक कमाण्डर थिए । संयोगनै मान्नु पर्छ, मन्त्री श्रेष्ठले २०५२ सालमा कब्जा गरेको सोही प्रहरी चौकी पुननिर्माण पश्चात आज उद्घाटन गरेका छन् ।

    No description available.

    No description available.

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend