logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुन काण्डबारे गृहमन्त्री: सबै नेक्सस केलाउँछौं, कुनै ‘टार’को वा ‘कोट’को भए पनि छाडिदैँन

    सुन काण्डबारे गृहमन्त्री: सबै नेक्सस केलाउँछौं, कुनै ‘टार’को वा ‘कोट’को भए पनि छाडिदैँन

    980
    Shares
    सुन काण्डबारे गृहमन्त्री: सबै नेक्सस केलाउँछौं, कुनै ‘टार’को वा ‘कोट’को भए पनि छाडिदैँन

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको अवैध सुन प्रकरण अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आज मध्याह्न विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले यो काण्डको सम्पूर्ण नेक्सस केलाउने समेत बताए ।

    ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ । जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’ गृहमन्त्री श्रेष्ठले भने ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही विषयमा कुराकानी भएको उनले जानकारी दिए । यसबारे अहिले छानबिन भइरहेको भन्दै उनले राज्यका अन्य निकायहरुले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन ।,’ उनले भने ।

    मन्त्री श्रेष्ठले जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend