logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

    अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

    1.6K
    Shares
    अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।

    शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनले सो चेतावनी दिएका हुन् । त्यसअवसरमा सञ्चारकर्मीहरुले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि ? भन्ने प्रश्न गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिए । उनले सुनको अवैध धन्दाजस्ता अपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत नहुने गरी नयाँ योजना ल्याउने घोषणा समेत गरे । उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्विकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गरे । उनले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पु¥याएरै छाडने समेत दोेहो¥याए । उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकीर समेत गरे । आफूलाई भ्रष्टाचार विरोधी अभियानबाट हच्काउन सो प्रकरणमा मुछ्ने प्रयास गरिएको उनको जिकिर थियो ।

    उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अहिले जो सुकै भएपनि अव अन्तराष्ट्रिय विमानस्थल त्यसमा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाम्रो मुख्य विमानस्थल हो । यसले ५/६ वटा कुरामा हामीलाई असर पार्छ । एउटा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको निम्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो निगरानी, भूमिकाले धेरै अर्थ र महत्व राख्छ भन्ने कुरा तपाईहरु सबैलाई थाहा नै छ । तेस्रो कुरा राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षा पछाडि यसको अपराध नियन्त्रणको कुरा, अपराधीहरु हाम्रो देशमा अपराध गरेर बाहिर जाने स्थिति नहोस वा बाहिर अपराध गरेर यहाँ आउने स्थिति नहोस् र अपराधको अन्तराष्ट्रिय करणलाई यसले सघाउ पु¥याउन नजाओस् । हामीले त्यसको नियन्त्रणमा भूमिका खेल्न सकौं । यो प्रकारको भूमिका पनि खेल्नुपर्ने हुन्छ । चौंथो कुरा अव हामीले भन्सार राजस्वमार्फत् देशमा राजस्व संकलनको काम पनि गरेका छौं । यसको भूमिका पनि हुन्छ । त्यहाँ पनि लिकेज हुने कामद्धारा राष्ट्रलार्य नोक्सानी पु¥याउने हुनु भएन । त्यसमा पनि हाम्रो ध्यान जानु पर्दछ भने अर्कोतिर चाँही हाम्रो पर्यटन क्षेत्रतिर कस्तो भूमिका खेल्ने भन्ने चाँही यो अन्तराष्ट्रिय विमानस्थलमा हाम्रो व्यवहारहरुले असर पार्छ । पार्छ । हामी एकदम आउन साथ राम्रोसँग स्वागत गर्छौ कि गर्दैनौं ? व्यवस्थापन सरल र प्रविधिमैत्री बनाउँछौं कि बनाउँदैनौं ? यहाँको सुरक्षा उनीहरुलाई ठिक लाग्छ कि लाग्दैन ? भन्ने कुराले पर्यटन प्रवद्र्धनमा पनि यसले असर पार्छ । र, अन्तत सिंगो देशको राष्ट्रिय प्रतिष्ठा के भएको छ भन्ने कुरा यहाँ भूमिका खेल्दछ । यो सबै प्रक्रियालाई हामीले ध्यान दिएर नै अगाडि बढनुपर्ने स्थिति छ भनेर यो समग्रमा ध्यान दिनुपर्ने विषयमा ध्यानाकर्षित गराइएको छ । जहाँसम्म अहिलेको प्रक्रिया हो । यसका अनुसन्धानका लागि छानविन समिति बनेको छ । यसले नै अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछ । तर हामीले पहिलादेखि नै भनेको एउटा ल्याप्सेस चाँही अराईभलको लगेजमा पनि, कार्गोमा पनि कहीँ पनि प्रहरीको उपस्थिति रहँदैन अहिलेको प्रक्रियामा । अहिले पनि हामीले त्यहाँ सल्लाह ग¥यौं । तपाईहरुलाई प्रहरी चाँहिदैन भनेर भन्सारका साथीहरुलाई भन्यौं । प्रहरी भए राम्रै हुन्छ भन्नु भएको छ । तपाईहरुले पहिला माग त गर्नु भएको छैन । बरु हामीले नै मन्त्रीपरिषदको बैठकमा यसभन्दा अगाडि यो कुरा उठाएका थियौं कि हामीले सायद प्रहरीलाई पनि त्यहाँ सामेल गर्नुपर्छ । जब लगेज आउँछ र स्क्रिनिङको प्रक्रिया सुरु हुन्छ । जव कार्गो आउँछ र स्क्रिनिङको प्रक्रिया सुरु हुन्छ । भन्सारको कर्मचारीको अतिरिक्त प्रहरी पनि भयो भने सहयोगी भूमिका हुन्छ भनेर हामीले भनेका छौं । अहिले भन्सारका साथीहरुले पनि र अरु यहाँ समन्वयमा रहनु भएका साथीहरुले पनि त्यो सही नै हो भन्नु भएको छ । यसबारेमा हामी आवश्यक निर्णय गर्नेनै छौं । यो बारेमा अनुसन्धान गर्ने कुरा अहिले सबै सम्पूर्ण रुपमा छानविन समितिलाई दिन्छु । अहिलेनै त्यसबारेमा अनुसन्धान गर्ने स्तरको मेरो निरीक्षण होइन । प्रक्रिया चाँही प्लेनबाट सामान लगेज र कार्गो कसरी निस्कँदो रहेछ, त्यो समान कसरी ल्याउँदो रहेछ, कार्गोमा कसरी आईपुग्दो रहेछ ? स्क्रिनिङमा के हुँदो रहेछ, लगेजको पनि सामान त्यहाँ कसरी जाँदो रहेछ भन्ने सम्म मैले निरीक्षण गरेँ । तर अव यो चाँही छानविन समितिले गर्छ । तपाईलाई नै त्यसको नाईके भनेर समाचार आईरहेका छन भन्ने प्रश्नमा उहाँले तपाईलाई यो प्रश्न गर्ने स्थितरको विषय लाग्यो यो ? त्यसकारणले यो चाँही यो उत्तर खोज्नुपर्ने स्तरको प्रश्न नै होइन । म चाँही चुनौति दिन्छु–यो देशको भ्रष्टाचारविरोधी अभियानलाई, यो देशमा सुशासन स्थापित गर्ने अभियानलाई सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा हामीले अहिले व्यवहारिक रुपमा गृह मन्त्रालयले नेतृत्व गरिरहेको छ । यसमा आम जनताको समर्थन छ । संगठित ढंगले कुनै पनि प्रकारबाट यसलाई ससफल पार्ने, यसलाई दिग्भ्रमित पार्ने काम भयो भने त्यसबाट हामी बिचलित हुने छैनौं । हामी सुशासन स्थापित गर्ने कामलाई दृढतापूर्वक अगाडि बढाउनेछौं । कसैले नसोचे हुन्छ–कि यसलाई भ्रम पार्न सकिन्छ । यसलाई विचलित गर्न सकिन्छ भनेर नसोच्दा हुन्छ । यो प्रकरण नाईकेहरुसम्म छानविन पुग्छ । पु¥याउनु पर्छ । अव त्यसमा यता, उता हुन सक्दैन । पुग्छ, पु¥याउनै पर्छ । अहिले प्रारम्भिक दिनमा त जहाँ प्राईमरी कनेक्सन छ । त्यही राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ । अव अनुसन्धान गर्दै जाँदा यसको जरोसम्म पुग्नु प¥यो नि । यसको सम्पूर्ण नेक्सससम्म पुग्नु प¥यो । र, कारबाहीको दायरामा सबै ल्याउनु पर्छ । अहिलेको घटनाको कारबाही एउटा, अर्को अव आईन्दा यस प्रकारको घटनाको पुनरावृत्ति हुन नदिनको निम्ति सम्पूर्ण नयाँ योजना बनाएर अघि बढनु पर्छ । हामीले सुन तस्करीबारे सम्पूर्ण रुपमा पुनरावलोकन गरेर जुन प्रकारको सचेतता, सावधानी र गम्भिर्यता अपनाउनु पर्दथ्यो । त्यसमा कमीकमजोरी भयो । भ्रष्टाचार र अपराधका कुनै घटनाबारे अनुसन्धान गर्दा कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलव छैन । राज्यले यसरी हेर्दैन । यति बुझे हुन्छ ।’

    उपप्रधानमन्त्री श्रेष्ठले सो सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उसले नै छानविनको काम गर्ने र त्यसमा सघाउ पु¥याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताए । उनले आफूले अनुगमनको क्रममा अध्यागमन विभाग र भन्सार विभागको कामबारे सामान्य जानकारी लिएको बताए ।

    उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘केही दिन अघि हाम्रो त्रिभुवन विमानस्थलको भन्सारको सम्पूर्ण प्रक्रियाहरु पार गरेर अवैधानिक रुपमा रुपमा करिव एक क्वीन्टल सुन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिर गएको र राजस्व अनुसन्धान विभागले त्यसलाई नियन्त्रणमा लिएर त्यसमा प्रारम्भिक रुपमा देखिएको केही व्यक्तिहरुलाई अनुसन्धानको प्रक्रिया अघि बढाएको तपाई हामीालाई थाहा छदैछ । त्यस सम्बन्धमा राजस्व अनुसन्धान अन्तरगत एक छानविन समिति पनि बनाइएको छ । र, त्यसले आफ्नो छानविनको प्रक्रियालाई अघि बढाएको छ । यो छानविन र अनुसन्धानको प्रक्रियालाई त्यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनु पर्छ । र, जस्तोसुकै र जोसुकै भएपनि त्यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रक्रियामा जानुपर्छ भन्ने हाम्रो जोड रहेको छ । र, सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीले पनि यही रुपमा निर्देशन दिनु भएको छ । र, मैले अहिले पनि सम्बन्धित सबै अधिकारीहरुलाई यसबारेमा कडा निर्देशन दिएको छु । र, अहिले त्यो छानविन समितिलाई नै राज्यका अरु निकायले सघाउ पु¥याउने काम हुनेछ । अहिले हामी त्यसरीअघि बढनेछौं । आवश्यक्ता प¥यो भने नेपाल प्रहरीले अहिले सहयोग गर्नेछ । आवश्यक्ता प¥यो भने हाम्रो सिआईवीले वा अपराध अनुसन्धान शाखाजस्ता निकायहरु छन । उनीहरुले नै आवश्यक्ता प¥यो भने यसको अनुसन्धान पनि गर्न सक्नेछन । तर, अहिले राजस्व अनुसन्धानको नेतृत्वमा जुन समिति बनेको छ । त्यसले नै अनुसन्धानको प्रक्रियालाई अगाडि बढाउँछ । त्यसलाई सहयोग गरेर सफल पार्नु हामी सबै निकायहरुलाई निर्देशन दिन्छौं । त्यही गरिराखेका छौं ।’

    उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend