काठमाडौं । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई हिरासत मुक्त गर्न सर्वोच्चले आदेश जारी गरेको छ ।
राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेको थियो । न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई हिरासतमै राखेर आधार, कारण र औचित्य नदेखिएको भनेको छ ।
उनलाई अनुसन्धान सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश जारी गरेको हो ।