logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

    काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

    1.3K
    Shares
    काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

    काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् ।

    नेपाल भलिबल संघले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदकविजेता महिला र पुरुष खेलाडीलाई सम्मान गरेको हो ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पदकविजेता महिला टोली कोपिला उप्रेती र कमला पुन तथा पुरुष टोली दिलबहादुर सुनार र मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरेका हुन् ।

    उनीहरूलाई नगद २५ हजार र सम्मानपत्रद्वारा सम्मान गरिएको हो । सोही अवसरमा संघले टोलीका प्रशिक्षक भरत शाह र व्यवस्थापक जुनु पुन मगरलाई पनि नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको थियो ।

    सन् २०२२ को डिसेम्बर २८ देखि ३० तारिखसम्म बंगलादेशको कक्स बजारमा सम्पन्न प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले रजत पदक जितेका थिए । च्याम्पियनसिपमा महिलामा पाँच र पुरुषमा आठ टोलीले प्रतिष्पर्धा गरेका थिए ।

    संघका महासचिव रोशनबहादुर श्रेष्ठले विभिन्न प्राविधिक कारणले पदकविजेतालाई पुरस्कार दिन ढिलाई भएको उल्लेख गर्दै आगामी दिनमा समयमा नै खेलाडीलाई प्रोत्साहनका कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । टोलीकी व्यवस्थापक जुनु पुन मगरले आफूले पाएको पुरस्कार रकम १९ औं एसियाडको तयारीमा रहेका खेलाडीका लागि खर्च गर्ने घोषणा गरे ।

    उक्त कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोईरालाले खेलाडीलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सम्मान र पुरस्कार आवश्यक रहेको उल्लेख गर्दै राज्यको तर्पmबाट पनि यस्ता काम उचित समयमा हुनुपर्ने बताए ।

    साथै कोईरालाले नेपालको राष्ट्रिय खेल भलिबलबाट आम मानिस र राज्यले नै ठूलो आशा र भरोसा गरेको उल्लेख गर्दै अन्य खेलको तुलनामा नेपालको भलिबलले धेरै पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

    राज्य र आम समर्थकले नै राष्ट्रिय खेल भलिबलबाट धेरै आशा राखेको र सोहीअनुरूप संघले काम गरिरहेको बारेमा आफू जानकार रहेको कोईरालाको भनाइ थियो । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले ऐतिहासिक पदक विजेता नेपालीबीच भलिबल टोलीलाई बधाई दिए ।

    साथै अध्यक्ष चन्दले भलिबलका लागि पाँच हजार दर्शक क्षमता भएको कभर्डहल निर्माण गर्ने उद्देश्यअनुरूप आफ्नो कार्यसमिति लागिपरेको र त्यसमा राखेपको पनि सहयोग भइरहेको पनि उल्लेख गरे ।

    आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउमा शहरमा हुने १९ औं एसियाडमा नेपालका २९ खेलमध्ये नेपाली महिला तथा पुरुष भलिबल टोलीको पनि सहभागिता हुनेछन् । सोही एसियाडका लागि नेपाली टोलीले हाल तयारी गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend