logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

    स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

    1.7K
    Shares
    स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

    काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन् ।

    आईतवार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए ।

    उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताए । उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताएका छन् । सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको शुरुवात हुनु महत्वपूर्ण रहेको बताउदै उनले चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने बताए ।

    उनले भने, ‘लाइसेन्स स्मार्टकार्डका बारेमा धेरै गुनासाहरु छन् । हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ । यसको लागि छलफल पनि गरेका छौँ । मुख्य रुपमा हामी लाइसेन्समा नै केन्द्रित छौँ, यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरेका छौँ । त्यो लागू गर्नेछौँ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा रुची देखाउनुपर्छ, बेवास्ता गर्ने होइन, त्यसलाई अनिवार्य पनि बनाउनुपर्छ ।’

    मन्त्री ज्वालाले चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend