logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कोशी सरकारविरुद्धको रिट निवेदन माथेमा र श्रेष्ठको संयुक्त इजलासमा सुनुवाई हुने

    कोशी सरकारविरुद्धको रिट निवेदन माथेमा र श्रेष्ठको संयुक्त इजलासमा सुनुवाई हुने

    924
    Shares
    कोशी सरकारविरुद्धको रिट निवेदन माथेमा र श्रेष्ठको संयुक्त इजलासमा सुनुवाई हुने

    काठमाडौं । कोशी प्रदेश सरकार गठन पक्रियामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दायर गरिएको थियो ।

    सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर भएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।

    कार्कीले रिट निवेदनमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend