सप्तरी । घरायसी विवाद चर्किदाँ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
३० वर्षीया पार्वती देवी खङको हत्या गरेको आरोपमा महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूबीच घरायसी वादविवादको कारण झैँ–झगडा तथा कुटपिटबाट पार्वती घाइते सख्त भएकी भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमान नगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा ज्यान गएको थियो ।
सो झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार जारी छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।