logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

    नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

    2.4K
    Shares
    नेपालगञ्जमा अब डुबानको समस्या अन्त्य हुने

    नेपालगन्ज । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ ।

    केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या समाधान गर्न नाला निर्माण थालिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बताए ।

    पहिला निर्माण गर्ने कम्पनीको लापरबाहीका कारण नाला फराकिलो भए पनि बीचको भाग तीन मिटरको साँगुरो बनाएका कारण नेपालगन्जवासीले सास्ती भोग्दै आएका थिए । प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीको विशेष पहलमा उक्त समस्याबारे केन्द्रीयस्तरसम्म पहल गरिएपश्चात् सो नाला निमार्ण थालिएको स्थानीयवासीले बताए ।

    वर्षौँदेखिको डुवानको समस्याबारे नेपालगञ्ज सेतु विकचोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायत स्थानीयवासीले पटक–पटक नेपालगञ्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दासमेत कुनै सुनुवाइ नभएकामा पछि सांसद तिवारीले यो सवाललाई सङ्घीय सरकारसमक्ष पु¥याए पछि निमार्णको कार्य अघि बढेको हो ।

    उनले नेपालगन्ज–सुर्खेत रोड सडक खण्डअन्र्तगत मुख्य नालाको निकास फराकिलो नहुँदा पानी थुनिएकाले पुललाई फराकिलो बनाएर निकास दिने काम थालिएको बताए ।

    संसाद तिवारीले भने, ‘नेपालगन्ज सहरको मुख्य समस्या ढल निकास र डुबानलाई दीर्घकालिनरूपमा समाधान गर्नुपर्दछ, त्यसका लागि मेरोतर्फबाट पहलभयो ।’

    चारदिन अघि पुल चौडा गर्न काम सुरु भएको नेपालगन्जपस्थित सडक डिभिजन कार्यालय प्रमुख निरज शाक्यले बताए । उनका अनुसार नालाको चौडाई बढाउन रु ३२ लाख ५ हजार ४५२ को लागतमा कार्की सच्ची जेभी कन्स्ट्रक्सन ले ठेक्का लिएको छ ।

    नालाबाट पानी बग्ने ढललाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज सहर डुब्ने समस्या अब अन्त्य हुनेछ । नेपालगन्ज नगर भित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नाला निमार्ण भईसकेकाले वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रर्याप्त पानीको निकास थुनिएपछि सहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ ।
    –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend