logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • देशको राजनीतिक अवस्था खराब छः विजयकुमार गच्छदार

    देशको राजनीतिक अवस्था खराब छः विजयकुमार गच्छदार

    819
    Shares
    देशको राजनीतिक अवस्था खराब छः विजयकुमार गच्छदार

    काठमाडौं । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरिमा फसेको बताएका छन् ।

    मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए ।

    उनले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुनेपनि बताए । उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए ।

    उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक ६ दिनसम्म लगातार चल्यो, हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदैछ, बैठकको प्रत्यक्ष प्रशारण भयो, ऐतिहासिक मानिएको छ । बैठक महत्वपूर्ण भएको छ । समय अभावका कारण नेताहरुले आफ्ना सबै भनाइहरु राख्न पाएनन् । ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो । नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरिमा फसेको छ । नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ । नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ । नेपाली काँग्रेसको पाइलट सभापति हो, अरु पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट, उपगुटमा नेपाली काँग्रेस नेपाली काँग्रेस नराम्रोसँग फसेको छ । देशको राजनीतिको अवस्था खराब छ ।’

    नेता गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend