logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बाबुराम भट्टराईको पार्टीले तिर्‍यो सात हजार जरिवाना

    बाबुराम भट्टराईको पार्टीले तिर्‍यो सात हजार जरिवाना

    1.1K
    Shares
    बाबुराम भट्टराईको पार्टीले तिर्‍यो सात हजार जरिवाना

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सात हजार रुपैयाँ जरिवाना तिरेको छ ।

    आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन निर्धारित समयभन्दा ढिलागरी पेस गरेको भन्दै निर्वाचन आयोगले जरिवाना तोकेको थियो ।

    गत १ साउनमा आयोगले जरिवाना लगाएकोमा नेसपाले ७ साउनमा जरिवानाबापतको रकम बुझाएको आयोगले जनाएको छ ।

    त्यसैगरी, बहुजन शक्ति पार्टीले पनि सात हजार जरिवाना बुझाएको छ । बहुजनले लेखापरीक्षण प्रतिवेदन बुझाए पनि १ महिनाभित्र सार्वजनिक नगरेपछि जरिवाना तिर्नु परेको हो ।

    लेखापरीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने ८१ दललाई गत १ साउनमा आयोगले कारबाहीको सूचना जारी गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend