logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरणबारे धारणा बनाउन एमालेको संसदीय दलको बैठक बस्दै

    सुन तस्करी प्रकरणबारे धारणा बनाउन एमालेको संसदीय दलको बैठक बस्दै

    1.4K
    Shares
    सुन तस्करी प्रकरणबारे धारणा बनाउन एमालेको संसदीय दलको बैठक बस्दै

    काठमाडौं । सय किलो सुन तस्करी प्रकरणका सन्दर्भमा संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा पार्टीको धारणा बनाउन नेकपा एमालेले संसदीय दलको बैठक डाँकेको छ । दिउँसो १२ बजे दलको बैठक डाकिएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

    ‘यो विषयलाई प्रतिनिधि सभामा उठाउने कुरामा दुईमत छैन। तर कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ।’ उनले भने ।

    सुन तस्करीका विषयमा मन्त्रीहरु (गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री) ले जिम्मेवारी लिनुपर्ने विषयमा भने आफूहरु स्पष्ट रहेको बताए ।

    उनले भने, ‘उहाँहरुले जिम्मेवारी लिनुपर्छ भनेर हामीले भनिरहेकै छौं। राजीनामा माग्ने विषयमा कुरा भएको छैन। बाँकी निर्णय संसदीय दलको बैठकले गर्छ।’

    गैरकानूनी रुपमा नेपाल भित्रिएको झन्डै सय किलो सुन बरामद भएको छ। उक्त प्रकरणमा केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको छ भने मुख्य नाइके अहिलेसम्म फेला परेका छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend