काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।
राष्ट्रियसभाको आज (बिहीबार) बिहान बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरेको हो ।
अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउने छ । राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बिहीबार बस्ने बताइएको छ ।